२०७७ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2020

बज्यो पिरतीको घण्टी

  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौं– गीतकार डा. डीआर उपाध्याय नयाँ गीतसहित श्रोता/दर्शक माझ आएका छन् ।

    ‘छक्कै परे’बोलको सार्वजनिक गीत गायिका बिना भट्टराई र गायक विष्णु भट्टले गाएका छन् । गीतमा संगीत गायक भट्टलेनै गरेका हुन् । संगीत संयोजन मोपहत मुनालले गरेका छन् ।

    रोमान्टिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा बिश्वकर्माले अभिनय गरेका छन् ।

    म्यूजिक भिडियोमा उत्सव दहालको छायाँकन तथा शिलन लम्सालको सम्पादन छ ।

    गीतकार उपाध्यायले आफूले गीत लेखनदेखि म्यूजिक भिडियो निर्माणसम्म निक्कै मेहनत गरेको बताउँदै गीतले स्रोता दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ