२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

युट्युबबाट डलर त आउला तर म्युजिकल ज्ञान कहाँबाट आउला ?: आस्था राउत

  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौं – नेपाली गीत संगीतको स्तरीयतालाई लिएर बेलाबेलामा बहस हुने गर्छ । पछिल्लो समय कभर गीत गाउने गायक–गायिकाहरुको जमात बढिरहेको छ ।

    चर्चित भनिएका गायक/गायिकाहरुले पनि विना कुनै तयारी गीत गाइरहेका हुन्छन् । कुनै अन्तर्वार्तामा गीत गाउन लगाइयो भने उनीहरु ट्रोलको शिकार हुन्छन् ।

    यसैबीच गायिका आस्था राउतले ‘अटो ट्युनले जो पनि गायक भएको’ बताएकी छिन् । उनी भन्छिन् – ‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ, अटो ट्युनले आजकाल जो पनि गाउने ।’

    ‘के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ?,’ आस्था प्रश्न गर्छिन् ।

    आस्थाले नेपाली संगीतको भविष्य कस्तो रहला भन्नेमा चासो व्यक्त गरेकी छिन् । ‘युट्युबबाट डलर त आउला तर म्युजिकल ज्ञान कहाँबाट आउला ?,’ उनी भन्छिन् ।

    पछिल्लो समय युट्युबबाट पैसा आउने कारण धेरैले आफ्नै च्यानलबाट गीत सार्वजनिक गर्ने गर्छन् । कतिपय कलाकारले त प्रयोगकर्ताको ध्यान तान्न विवादित गीत गाउने, त्यस्तै शब्दको प्रयोग गर्ने समेत गर्छन् ।

    ‘हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदैछ, के दर्शकलाई यस्तै चटक मन पर्दैछ?,’ आस्था गुनासो गर्छिन्, ‘हैट, अब चाहिँ के गर्नु ? केही बोल्नु कि नबोल्नु ?’

    प्रतिक्रिया दिनुहोस


    नयाँ