२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

अनलाईन र बैकल्पिक शिक्षा आजको आवश्यकता

  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित १ महिना अघि
  • हरिश धामी
    शुनपा ०५, गर्जमनि
    वालवाललिका देशका कर्णधार एवम देश विकासका मेरुदण्ड मानिन्छन । शिक्षा पुर्वाधारको पनि पुर्वाधार मानिन्छ । विश्वमा कुनै देशले छोटो अवधिमा तिव्र विकास एवम सम्वृद्धी हासिल गरेको छ भने त्यो शिक्षाका कारण मात्रै सम्भव भएको छ । पछिल्लो समय विश्वव्यापी महामारी कोरोनाका कारण अन्य क्षेत्र झै शिक्षा क्षेत्रपनि तहसनहस भएको सर्वविदितै छ । जसका कारण लाखौ विद्यार्थीहरुको भविश्य अन्योलमा परेको छ ।

     

    यो शैक्षिक सत्र खेर जाने त होईन भन्ने चिन्ता आम अभिभावक विद्यार्थी एवम सारेकारवालाहरुमा देखिन्छ । कोरोना महामारीले शिक्षा क्षेत्रमा पु¥याएको क्षतिको भरपाई त हामी गर्नै सक्दैनौ तर क्षती न्युनीकरण भने अवश्य गर्न सक्छौ । विगत पाँच महिना देखि विद्यालयहरु बन्द छन । विद्यालयहरु तत्काल सुचारु हुने कुनै सम्भावना नै छैन । हामीलाई थाहा छ हरेक समस्यासंगै समाधान पनि लुकेको हुन्छ । बस हामीले सहि समयमा सहि निर्णय गर्ने मात्रै हो ।

     

    देश संघियतामा गएसंगै स्थानिय तहमा यस्ता विषयमा पहलकदमी तथा अभिभावकत्वको जिम्मा स्थानिय सरकारको हो । यस विषम परिस्थितमा आम विद्यार्थीहरुको भविश्यका बारेमा सोच्ने र आवश्यक कार्यक्रम तर्जुमा गरि लागु गर्ने जिम्मा स्थानीय सरकारको हो । केन्द्र सरकारले समेत अनलाई र बैकल्पिक शिक्षालाई औपचारिक रुपमा अगाडी बढाउने मनसाय बनाउँदै गएका बेला देशका कतिपयस्थानिय तहहरुले प्रभावकारी रुपमा अनलाईन र बैकल्पिक शिक्षा सञ्चालन गरिरहेका छन ।

     

    शुक्लाफाँटा नगरपालिकाले पनि बैकल्पिक शिक्षाका रुपमा सञ्चालन गरेरहेको रेडियो शिक्षा कार्यक्रम अत्यन्तै सराहनिय कदम भएपनि प्रभावकारी भने हुन नसकेको सरोकारवालाको भनाई छ । यसलाई अन्तरक्रियात्मक र सृजनात्मक ढंगबाट तयार पारी आम विद्यार्थीहरुलाई जोड्न सक्ने र शिक्षक विद्यार्थीहरुबीचको कनेक्टिभिटि बढाई मुल्याङकन समेत गर्ने ढाँचामा लैजान अति आवश्यक छ । विषयगत भन्दा पनि कन्सेप्ट र औपचारिक भन्दा पनि जीवनपयोगी शिक्षा अहिलेको आवश्यकता हो ।

     

    जसकालागि शिक्षक तालिमको चड्कारो आवश्यकता देखिन्छ । साथसाथै अहिलेको २१औँ सताब्धी प्रविधिको युग हो । कोरोना महामारीले हामीलाई हाम्रो शिक्षालाई प्रविधि मैत्री बनाउने यो सुनौलो अवसर समेत दिएको छ । नगरभित्रका विद्यार्थीहरुसंग स्मार्टफोनको उपलव्धता को तथ्याङक संकलन गरि सस्तो दरमा ईन्टरनेट सुविधा प्रदान गरि अनलाईन कक्षा सञ्चालन गर्न हामीले गृहकार्य थाल्नुपर्छ । संगसंगै रेडियो र इन्टरनेट पहुँच नभएका विद्यार्थीहरुकालागि टेलिफोन, एसएमएस लगायत अन्य विकल्प सोच्नुपर्दछ ।

     

    कुनैपनि चीजको पहुँच नभएका विद्यार्थीहरुका लागि अभिभावक मार्फत वर्कसिटको व्यवस्था मिलाउनु पर्नेहुन्छ । हामीले विशेष गरि विद्यालय तहका विद्यार्थीहरुलाई शिक्षकहरुसंग जोड्न सकेनौ भने यसको परिणाम सहजै आँकलन गर्न सकिदैन । विद्यार्थीहरुले घरमा पनि धेरै कुराहरु सिक्न सक्दछन । शिक्षकहरुले अभिभावकरुसंग समन्वय गरि नियमित रुपमा विद्यार्थीहरुका गतिविधिबारे जानकारी लिईरहने र आवश्यक सुझाव सल्लाह र निर्देशन दिन अति आवश्यक छ । जसकालागि अभिभावक शिक्षा कार्यक्रम अत्यन्तै महत्वपूर्ण छ ।

     

    पछिल्लो समय स्थिति झन जटिल बन्दै गईरहेको अवस्थामा स्थानिय सरकार, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले यस बिषयमा अनुसन्धान र पर्याप्त छलफल गरि अनलाईन र बैकल्पिक शिक्षालाई अगाडी बढाउनुको विकल्प छैन । हामीले परम्परागत सिकाई शैलीलाई छोडेर एबचबमष्नm क्जषत गर्ने यो महत्वपूर्ण अवसरलाई गुम्न दिनु हुदैन । अनलाईन र बैकल्पिक शिक्षाका विषयमा कतिपय शिक्षित मानिसहरुले समेत यो सम्भव नै छैन हाम्रो ठाउँमा भन्ने सुनिन्छ ।

     

    हो हामीलाई यस विषयमा धेरै थाहा नभएकाले एवम यसमा अभ्यस्त नभएकाले सुरुमा असम्भव लाग्नु स्वभाविकै हो । भनिन्छ धभिि दभनगल ष्क जबाि मयलभ१ अरु साना तिना कुरामा नअल्झी आवश्यक गृहकार्य गरेर अघि बढ्ने हो भने अनलाईन र बैकल्पिक शिक्षालाई प्रभावकारी एवम उदाहरणीय बनाउन पक्कै सकिन्छ । आवश्यक रहे यसको सम्पूर्ण खाका सहित कार्यपत्र प्रस्तुत गर्न तयार छु । (लेखक विद्यालय परामर्श दाता संस्था सिटिएफ नेपालका विद्यालय परामर्शदाता एवम एभरग्रीन मन्टेश्वरी झलारीका संस्थापक हुनुहुन्छ ।)

    प्रतिक्रिया दिनुहोस


    नयाँ