२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५० लाखभन्दा धेरै

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित १ महिना अघि
  • एजेन्सी । कोरोना भाइरसबाट विश्वभरी संक्रमित हुनेको संख्या दुई करोड ५२ लाख ३६८ पुगेको छ । कुल संक्रमितमध्ये आठ लाख ४७ हजार ३९१ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकाका छन् । त्यस्तै, संक्रमित हुनेहरुमा पनि अमेरिका नै सबैभन्दा धेरै रहेका छन् ।

     

    पछिल्लो विवरणअनुसार अमेरिकामा ६१ लाख ३९ हजार ४६६ जना संक्रमित भएका छन् भने एक लाख ८६ हजार ८५७ जनाको मृत्यु भएको छ । त्यसैगरी, दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना संक्रमित हुँदा एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ । त्यसबाहेक, धेरै संक्रमित भएका देशमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सिको, स्पेन र चिली रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ