२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

वैज्ञानिकले विकास गरे शरीरबाटै स्मार्टफोन चार्ज गर्न सकिने प्रविधि

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौं । यदि कसैले आफ्नो शरीरबाटै स्मार्टफोन वा ग्याजेट चार्ज गर्न सकिन्छ भन्छ भने पक्कै पनि तपाईंलाई मजाक लाग्नेछ । तर यो साँचो हो । आउने समयमा व्यक्तिले आफ्नो शरीरबाटै इलेक्ट्रोनिक डिभाइस चार्ज गर्न सकिनेछ । रिन्यूअल इनर्जी जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार थर्मोसेलको सहयोगमा मानिसको शरीर, आसपासको वातावरण तथा तापमानबाट विद्युत उत्पादन गर्न सकिने भएको छ ।

    थर्मोसेलका डिभाइस सेमी कण्डकर्टरको तुलनामा उत्कृष्ट छ । तर आउटपुटको मामिलामा भने हालला कमजोर समेत छ । यो समस्याको समाधान गर्दै रुसको नेसनल यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एमआईएसआईएस) का वैज्ञानिकले थर्मोसेलसँगै मेटल अक्साइड इलेक्ट्रोड तथा एक्युअस इलेक्ट्रोडको विषयमा अध्ययन गरेका छन् ।

    Image 1
    शोधको ग्राफिकल एब्स्ट्र्याक्ट

    शोधकर्ताका अनुसार मानिसको शरीरको तापमानको प्रयोग ऊर्जाका लागि प्रयोग गर्न सकिन्छ । उनीहरुको भनाई छ कि भविष्यमा एक इलेक्ट्रोकेमिकल सुपरक्यापेसिटर तयार पार्न सकिनेछ । जुन कुनै पनि गर्म सतहमार्फत नै चार्ज हुन सक्छ र ऊर्जालाई लामो समयसम्म संचय गरेर राख्न सक्छ । अध्ययनमा संलग्न वैज्ञानिकहरुका अनुसार यो प्रविधिको प्रयोग गरेर भविष्यमा यस्तो कपडा उत्पादन गर्न सकिनेछ, जसमा इलेक्ट्रोनिक ब्याट्री हुनेछ ।

     

    जुन शरीर र वातावरणको तापमानबाट चार्ज गर्न सकिनेछ । यस किसिमको थर्मोसेलले ०.२ भोल्टको आउटपुट दिन सक्छ । यद्यपी यसका लागि ८५ डिग्रीसम्मको तापक्रमको आवश्यकता पर्नेछ । सँगसँगै वैज्ञानिक भनाई यो पनि छ कि भविष्यमा यस किसिमको आउटपुटलाई बढाउन समेत सकिनेछ । – साभार टेकपाना

    प्रतिक्रिया दिनुहोस


    नयाँ