२०७७ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2020

एयर इन्डियाको जहाज दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु

  • २०७७ श्रावण २४, शनिबार मा प्रकाशित २ महिना अघि
  • एजेन्सी,भारत, साउन २३
    एयर इन्डिया एक्सप्रेसको बोइङ(७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। भारतीय अनलाइन स्क्रोलका अनुसार दुर्घटनामा जहाजका दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु पुष्टि भएको छ। यो संख्या बढ्न सक्ने स्क्रोलले लेखेको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु थिए। सबै यात्रुको उद्धार कार्य जारी छ। त्यस्तै १०० भन्दा बढी यात्रु घाइते भएका छन्। स्क्रोलका अनुसार ११२ जना घाइतेलाई अस्पताल लगिएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ