शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ को कार्यालयले बतासे झर्ना लगायतका पर्यटकीय ठाउँमा जान पूर्ण रुपमा रोक लगाएको छ । वडाले सोमबार सूचना प्रकाशित गर्दै बतासे झर्ना, मणिका धाम, मणिका ताल, थारु संग्रहालय, सुनदेवी ताल लगायत सम्पूर्ण पर्यटकीय तथा धार्मिक पर्यटकीय क्षेत्रहरुमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाएको हो । जंगल क्षेत्रमा प्रवेश गरेको जङ्गली हात्तीबाट हुन सक्ने सम्भावित मानवीय क्षति रोक्न र विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोक लगाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस