२०७७ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2020

कोरोना नियन्त्रणमा शुक्लाफाँटाले भुल्न नहुने कार्य

  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित २ महिना अघि
  • देश कोरोना कहरबाट आक्रान्त भएको झन्डै चार महिना पुगिसक्यो । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीमा मौजुदा खाध्यान्न रितिने अवस्थामा छ । बाजुरामा खाध्यान्न अभावको समाचार सुन्नमा आइसक्यो । यश बिपत्तिको प्रारम्भिक खण्डमा सरकार दीर्घकालीन निति भम्दा क्षणिक समाधानमा देखियो । सोहि नीति अख्तियार हाम्रो शुक्लाफाँटाले पनि शिरोधार्य गर्यो ।

     

    करिब ९५.५ प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेसामा आबद्ध भएको नगरमा रोपाइको पुर्ब सन्ध्यामा राहतको नाममा खाध्यान्न बितरण गरियो । दैनिक ज्यालादारीमा आस्रित परिवारको चुलो बल्नु , स्थानीय सरकारले पीडा बुझ्नु उतम कार्य भएपनी  राहतको प्रभावकारी बितरणमा केही कठिनाई देखियो । जहाँ हुँदा खानेभन्दा हुने खाने सकृय भए । नगर र केही वार्डहरुले कुनै निश्चित विधि पद्धति प्रक्रिया र प्रणालीको उपयुक्त कार्यान्वयनलाई कडाइ गर्न सकेनन् !

     

    स्वाभाविक रुपमा आफ्नो खेतीयोग्य जमिनबाट बिमुख नागरिकले राहत महसुस गर्ने अवसर पाउनु एउटा उपयुक्त कार्य भन्दापनि कोरना नियन्त्रण र नागरिकको स्वास्थ जिवन राख्नु ठूलो कार्यको रुपमा लिनु पर्दथ्यो सो कार्य केही हदसम्म प्रभावकारी देखिएपनी बर्तमान समयमा कुनै प्रभावकारीता देखिएन । तत्कालीन समयमामात्रै राहत केन्द्रित नगरले एउटा फुड् बैङ्कको समेत अवधारणा ल्याउन सकेन । तत्कालीन समयमा बिबिन्न बिध्यालयहरुलाइ क्वारेन्टाइनको रुपमा प्रयोग गरि सिमाबाटै नगर बहानबाट नागरिक ल्याउने कार्य सहरानिय भएपनी बर्तमान समयमा समेत भारतबाट नागरिक आउनेक्रम जारी रहेपनी सेवाप्रबाहमा नगर र वार्डको कमि देखियो।

     

    आफुखुशि आउनेक्रम जारी छ। मैले यो भनिरहदा होमक्वारेन्टाइनको अवधारणाको कुरा आउन सक्छ । तर सोचौ वर्षातको समयमा सपरिवार एउटै कोठामा बस्ने सालको रुखलाइ शौचालयको रुपमा प्रयोग गर्नेका लागि के गर्ने  ? मध्यम बर्गले त जसो तसो सिमाबाट सुरक्षित घर ल्याइ सानै भए नि एउटा कोठा प्रयोग गर्ला तर शौचालय के गर्नेरुरु बारीमा जादा सरुवा रोगको शिकार बन्ने ? हरेक कुरा अर्कालाई देखाउन मात्रै प्रयोग गरिने हाम्रो समाजमा धेरै समयको अन्तरालमा बुवाको मुख देख्न पाएका र मायामा नतमस्तक बालबालिकाको सम्पर्क १००% हुदैन भन्ने ग्यारेन्टी कस्ले गर्छ  ?  राजमार्ग आए प्रहरी देखे हेल्मेट लाउने, लाइसेन्स बोक्ने बानिका मान्छे अचेल मास्क पनि प्रहरिकै लागि हो कि जस्तो गरि हिन्ने समुदाय मा यसरी जनस्वास्थ्यको मापदण्डमा वार्ड र नगरको गम्भीर ध्यान नहुनु दुखद हो।

     

    कोरना कास्तो रोग हो कसरी सर्छ रु लक्षण के हो ? सर्ने माध्यम के के हुन ? लगायतका विषय बर्तमान समयमा बिश्वका बैज्ञानिक एकमत हुन सकेका छैनन् ।औसधि र खोप धेरै टाढा छ। औषधी र खोप आविष्कार  भएपनी  सिटामोल सजिलै उपलब्ध नहुने देशमा कोरनाको औषधि कति छिटो पुग्ला भन्ने अनुमान हामी सबै सजिलै गर्न सक्दछौ।  यस्तो virus war  को समयमा नगरपालिकाले दीर्घकालीन नीति अख्तियार गर्नु नितान्त जरुरि देखिन्छ।

     

    केन्द्र र प्रदेशको नीति शुक्लाफाटाले अख्तियार गर्नु बुद्दिमतापुर्ण कार्य नहोला किनकी नगरका अधिकांस परिवार नेपाल भन्दा भारतको आम्दानीमा भर पर्छ्न । तर यो कुरा काठमाडौलाई अवगत छैन। संघीयताको अवधारणा यस्तै बिपतिमा स्थानीय नागरिकको सहयत्री बन्न अवलम्बन गरिएको हो न कि गाउँमा छोटेराजा उत्पादन गर्न।

     

    एकातिर नगरको अधिकाङ्स जनता भारतको रोजिरोटिमा भरपरेको, जिल्लाको दुइतिर भारतशीत खुला सिमाना,गरिबिको रेखामुनि रहेको जनसंख्या लगायतका तमाम समस्या रहेको नगरले कुनै नौलो पहलकदमी नचाल्नु घरमाथी पहिरो खसेको हेर्नू जस्तै हो । हाम्रो मौलिक परम्परा गौरा आउन धेरै समय छैन जुन पर्व सामुहिक कार्य बिना असम्भव छ ।

     

    त्यसलाई कसरी ब्यबस्थापन गर्ने ? यो संघीय सरकारले सोच्ने बिसय होइन। छिमेकी देशबाट फर्किएका स्वदेशमै गाडि लाइन तथा होटेल रेस्टुरेन्ट, निजि बिध्यालय र कम्पनीमा कार्यरत तर बर्तमानमा बेरोजगार नौ जवान नगरबासिको अबको भबिस्य कस्तो हुने ? समाजमा बेरोजगारीले पार्ने दुर्गामी प्रभाव के  ? आदि चुनौतीलाइ सिरोधार्य गरि बुद्धिमतापुर्बक समाधान गर्नु शुक्लाफाटाको अहिलेको प्रमुख कार्य हो।
    नगर बाहिरबाट नगर प्रवेश गर्ने जो सुकैलाइ पनि क्वारेन्टाइन राख्ने, भारतमा रहेका सबै नगरबासिको तत्थ्याङ्क संकलन गरि घर आउने समय कहिले ? आदि बिसयको बिबरण राखी सिमाबाटै नागरिकलाई नगर बहानाबाट ल्याइ क्वारेन्टाइन राख्ने नियम कडाइका साथ लागू गरियोस् ।

     

    आदेश र बजेट भए मात्रै काम गर्ने नत्र मतलब नगर्ने हो भने सोचौ त्यो भन्दा दुष्ट र भ्रष्ट अरु कुनै कार्य हुदैन। यदि नगरपालिकाले क्वारेन्टाइन सुरु गरेको मिति देखि आजको दिनसम्म भारत बाट फर्केर नगरको पैसामा चौध दिन बिताएका र नगरभित्रै बेरोजगार युवा परिचालन गरि काम सुरु गरेको भए आजसम्म ५०० शैयाको आधुनिक आइसोलेसन कक्ष तयार हुन्थ्यो । तर यो सोच नेतृत्वमा पलाएन ।

     

    नेतृत्वले बिगतको अनुभव बर्तमानको अवश्यकता र भबिस्यको परिकल्पनालाई आत्मसात गरि ठोस योजनाबिहिन बाटोमा अगाडि बढे कोरना न्यूनीकरण हुँदैन । बिश्वमा विभिन्न समयमा यस्ता प्रकोपले मानवीय जीवन धोस्त पारेका धेरै उदाहरण छ्न। धेरै रोगको तथ्यांक छ तर बिफरको तथ्यांक बिश्वसामु आज पनि छैन। सन १९७७ मा दक्षिण अफ्रिकाका अलि माओ मालिन बिफरबाट मर्ने अन्तिम ब्यक्ती हुन भन्ने बाहेक अहिलेसम्म कतिले ज्यान गुमायो कुनै तथ्यांक छैन । एड्सको औसधि नै पता लागेको छैन । सायद कोरना पनि एड्स र बिफर जस्तै हुन पनि सक्छ।

     

    कामना गरौ नहोस् । तर हाम्रो नगरपालिकाले यश विषयमा नगरभित्रको पुर्बाधार निर्माण भन्दा कोरना नियन्त्रण र युवा स्वरोजगारलाई आफ्नो पहिलो कार्यका रुपमा राख्नु बुद्धिमान कार्य हुनेछ। युवा बेरोजगार हुनु पनि कोरना जस्तै दीर्घकालीन रोग हो । गरिबी पछैटेपन, सामाजिक हिंसा दुव्र्यवहार लगायतका समाज बिपरितका कार्य बेरोजगारीका उपहा र जस्तै हुन।यसमा सम्बद्ध पक्षको ध्यान जरुरी छ। रहातको नाममा साबुनभन्दा युरिया मल प्रभाकारी देखिन्छ ।

     

    बालिनाली सपार्न सके र भोकमरी कम भए किसानको तनाव आफै व्यवस्थापन हुन्छ। अब हिउदे तरकारीको सिजन नजिकिदै गएकोले प्रत्येक बार्डले उन्नत तरकारीको बीउ र मल थोरै भए पनि उपलब्ध गराउन सके किसानलाई थोरै भएपनि उत्पादनमा सेवा र टेवा पुग्दछ। नगरभित्र कम्तीमा पनि ५० शैयाको आइसोलेसन सेन्टर अनिबार्य छ। जुन श्रमदानबाटै पनि सम्भव छ तर नगरपालिकाको कार्ययोजना प्रमुख हो। समुदाय परिचालनको जिम्मा बार्डहरुलाइ दिएर निश्चित दिन सबै नगरबासी मिलि नगरको समृद्धी गर्न सकिन्छ।

    बलराम जोशी,शुक्लाफाटा  — १ , नगारपालिका

    प्रतिक्रिया दिनुहोस


    नयाँ