२०७७ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2020

राजनीतिक लाभ त्यागौँ, सामाजिक कार्यमा हातेमालो गरौँ ।

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित २ महिना अघि
  • पछिल्लो समयमा शुक्लाफाँटा नगरपालिका वडा नं.५ मा सार्वजनिक जमिन र अतिक्रमित बगरलाई खाली गरि खेलमैदान बनाउने माग अघि सारियो । वडाको राजपुर खजुवामा युवा क्लबहरुले उठाएको सार्वजनिक जमिन र अतिक्रमित बगरको भू-भागलाई खालीगरि खेलमैदान बनाउनु पर्ने माग जाएज थियो । तर त्यहाँ युवा क्लबहरुको जायज मागलाई राजनीतिकरण गरि राजनीतिमा केहि व्यक्तिहरु हावी वा बलियो हुन खोजे । उनीहरु युवा क्लबको भावना र मर्म विपरीत गएको कुरा छर्लङ्ग नै भयो, विभिन्न घटनाका श्रृङखलाहरुमा ।

     

    सोही विषयमा युवा क्लबका पदाधिकारीहरु ले अन्यथा भएको महसुस गरेको छ । त्यही मुद्दालाई लिएर सामाजमा केहि दिनयता सामाजिक मनमुटाव र भाइचाराको सम्बन्ध विग्रिने र सामिजिक दुर्घटना निम्तिने खतरापूर्ण घटना समेत घट्न पुगे । जसले गर्दा सामाजिक द्वन्द्व लामो समयसम्म सिर्जना हुने खतरा देखिएको छ ।

     

    त्यहाँ खेलमैदान हुनुपर्छ भनेर लामो समयसम्म आवाज बुलन्द समेत भएको छ । सामाजिक समस्याकाे समाधान कसरी गर्नुपर्ने हो सो विषयमा विभिन्न विचार विमर्शहरु समेत गरिए । उत्पन्न समाजिक समस्या र दुर्घटना बाट समाजलाई बचाउनु पर्छ भनेर युवाहरुको तर्फबाट समाधानकाे बाटो पहिल्याउने प्रयत्न पनि भयो । जमिन जसले भोगचलन गर्दै आएका छन् ती व्यक्तिहरुसंग सरोकारवाला निकायले छलफल गरि उनीहरुलाई पनि अफ्ठ्यारो नपर्ने गरि र क्लवको माग पनि सम्बोधन हुने गरि सामाधानको बाटो खोजी निकास दिइनुपर्छ ।

     

    यस्तै, खेल मैदान बन्छ या कुनै पार्क अथवा वृक्षारोपण गरि नदी कटानबाट त्यो जमिनलाई संरक्षण गरि दिगो व्यवस्थापनमा सामाजिक संस्था र युवा क्लव लाग्ने निर्णयमा पुग्न सक्ने संकेत दिएका छन् । अबको निकाश जमिनको सम्पूर्ण भू-भागको केही भाग सम्बन्धित सरोकारवाला संग छलफल गरि भोगचलन गरिरहेकाहरुलाई छोड्न सकिन्छ वा छोड्न मिल्छ भने छोड्ने र बाँकी रहेको केही भू-भागमा क्लबले वृक्षारोपण गरि पार्क र कानुनले बमोजिम संरचना निर्माण गर्नाका लागि परामर्श लिनैपर्छ । छलफल, परामर्श र सुझावहरुलाई आत्मासाथ गरि संरक्षण र प्रबर्द्धनमा सहयोग पुर्‍याउने र सामाजमा भाइचाराको सम्बन्ध यथावत राखी सहजिकरण तर्फ लाग्ने मनशाय बनाउन जरुरी देखिन्छ ।

    यो लेखकको निजी विचार हो ।
    लेखक जीवन पाण्डेय नेविसंघका जिल्ला नेता हुन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ