२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

कोरोना महामारी २ वर्षभित्रै नियन्त्रणमा आउँछ : डब्लुएचओ

  • २०७७ भाद्र ७, आईतबार मा प्रकाशित १ महिना अघि
  • एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख डा. टेड्रोस घेब्रेयेससले २ वर्षभन्दा कम समयमै विश्वबाट कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने बताएका छन्। सन् १९१८ को स्पेनिस फ्लुको तुलनामा कोरोना भाइरसको महामारी चाँडै नियन्त्रणमा लिन सकिने उनको भनाइ छ।

    उनले विश्वव्यापीकरण र पूरै विश्वबीच सम्पर्क भएका कारण कोभिड–१९ को संक्रमण विश्वमा तीब्र गतिमा पैmलिए पनि उच्च प्रविधिका कारण यसलाई स्पेनिस फ्लुको तुलनामा चाँडै नियन्त्रणमा लिन सकिने उनले बताए। फेब्रुअरी १९१८  देखि अप्रिल १९२० सम्मको स्पेनिस फ्लुका कारण विश्वभर २ करोड मानिसको मृत्यु भएको थियो। २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण हालसम्म करिब ८ लाख मानिसको मृत्यु भइसकेको छ

    प्रतिक्रिया दिनुहोस


    नयाँ