२०७७ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2020

कृष्णपुरकी ५ वर्षिया बालिका आरुहीलाई खेल सामाग्री प्रदान

  • २०७७ भाद्र २१, आईतबार मा प्रकाशित १ महिना अघि
  • कृष्णपुर नगरपालिका ५ वर्षिया आरुही धामीलाई खेलकुदमा प्रोत्साहन र हौसला प्रदान होस् भन्ने उद्देश्यले खेल सामाग्री उपलब्ध गराइएको छ । भागेश्वर ट्रेडर्सले उपलब्ध गराएको र्‍याकेट व्याडमिन्टनबा अन्तर्राष्ट्रिय खेलाडी दीपेश धामी र जिल्ला भोलेन्टिर कोच विवेक गोदार थापाले संयुक्त रुपमा हस्तान्तरण गरे । ती बालिकालाई भविष्यमा व्याडमिन्टनकी राष्ट्रिय खेलाडि बनाइने सपना रहेको सहभागीहरुले बताए ।

    नगरको वडा नं.२ स्थित दिपेन्द्र स्मृति वन परिसर वंक चौराहमा नोबेल कोरोना भाइरसको संक्रमणबाट कसरी आफू र अरुलाई बचाउने भन्ने विषयमा केन्द्रित रहेर शनिबार व्याडमिन्टन खेल खेलाइएको थियो । यस्तै भागेश्वर ट्रेडर्सका सञ्चालक मीन राज भट्ट, व्याडमिन्टन च्याम्पियन दीपेश धामी, प्रशिक्षक विवेक गोदार थापा, खेलाडी जितेन्द्र शर्मा र दिल बहादुर धामीलाई दोसल्ला सहित सम्मान गरिएको थियो भने कोरोनाको बेला सुरक्षाका उपाय अपनाउन् भनी सबैलाई मास्क समेत वितरण गरिएको थियो ।

    ब्याडमिन्टन खेल मैदान निर्माणका लागि वडा नं.२ ले बजेट उपलब्ध गराएको थियो । ब्याडमिन्टन खेल मैदान निर्माणका लागि वनले जग्गा छुट्याएको छ । वन परिसरमा व्याडमिन्टन र भलिबल खेलमैदान रहेको छ । आगामी दिनमा सामुदायिक वनले योग गर्ने भवन, टेबलटेनिस कोर्ट, खुल्ला व्यायामशाला बनाउने योजनाका साथै नवजात शिशुलाई लगाउने खोपको केन्द्रसमेत स्थापना गर्ने योजना रहेको वार्ड अध्यक्ष जयनारायण जोशीले वताए । यस्तै सनलाइट पब्लिक स्कुलले कार्यक्रमको प्रायोजन गरेको थियो । कार्यक्रमको सञ्चालन दिपक सिंह धामीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ