२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

रातोमछिन्द्रनाथ रथ यात्रा; प्रहरी हस्तक्षेप र कोरोना कहर

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित १ महिना अघि
  • मातृका जोशी

    ज्यान बाँचेपो हाम्रो संस्कृति बचाउँला …हामी नै रहेनौ भने के को जात्रै जात्रा…

    काठमान्डौमा दैनिक ३,४ सय भन्दा बढि संक्रमित देखा परिरहेको अबस्थामा यतिका भिडभाड गरि जात्रा मनाउनु कत्तिको उचित हुन्छ , सबैले बुझुनै हुन्छ , माथिको भिडमा दुई चार जना मात्रै पनि सङ्क्रमित हुने हो भने काठमान्डौ देशको राजधानि नभई कोरोनाको राजधानि(केन्द्र) हुन केही बेर लाग्दैन।

     

    अनि कुरा आउँछ प्रहरी दमनको मेरो बिचारमा त्यो दमन नभई अभिभाभकत्व को उधाहरण हो जस्तो ठान्दछु , जुनसुकै सरकार भएपनि यस्तो समयमा भिडभाड नियन्त्रण गर्नु नै प्रथमिकता हुन्छ होला , यदि यो समयमा यसरी प्रहरीले भिडभाड नियन्त्रण नगरेर जात्रा बनाउन दिएर पछि कोरोना गर्स्त काठमान्डौ भयो भने फेरि जोकोहि पनि त्यसको दोष , उपहार जनताहरु, जात्रा बनाउने जात्रेहरु , आम नगरिक र म स्वयम् पनि त्यै सरकार , सुरक्षाकर्मि र प्रशासनमाथि नै थुपारिनेमा कुनै शंका नै छैन , टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्दा नेपालको प्रहरी र संन्चारकर्मिहरुलाई सम्मान गर्न उचित ठाने , प्रदर्शनकारी भनिएका ती केही उच्ररिङ्खल ब्यात्तिहरुको जमात देख्दा प्रहरी तिनलाई जुनतरिका बाट रोकिरहेको थियो त्यो भन्दा कडा रुपमा प्रस्तुत भईदिए हुन्थ्यो जस्तो लाग्यो ; बिश्वभरिनै सबै तिर अबस्था नाजुक र संकटग्रस्त भईरहेको परिस्तिथिमा यसपालि केही पर सार्दा वा नमनाउदा त्यति सारो फरक त नपर्नेहोला जति , कोरोना फौलिएर राजधानिमा रहका अस्पताल भरीभराउ, स्वास्थ्यकर्मि अभाव, अौषधि अभाब , पशुपति आर्यघाट निशेध अत्यधिक मृत्यमरणले, जता हेर्यो त्यतै बिरामि , बिजोगै बिजोक हुनु भन्दा त ; यी सबै परिस्तिथि अशुभ बोल्न , डराउन भनेको हैन , प्राथना गरौ त्यस्तो दर्दनाक अवस्था नआवस तर रथ तानेर हैन आ-आफ्नै घरबाट समाजिक दुरिको पालना , पटक पटक साबुनपानिले हात धोई र योगअभ्यास स्वस्थ खानपान र स्बस्थ व्यवहार अपनाई र यो पनि निश्चित रुपमा ठान्दछु कि यसरी नै लापरवाहि अपनाउनु हुन्छ भने त्यो दर्दनाक अवस्था हर्न छिट्टै पाउनुहुनेछ र फेरि कस्ता कुराहरु पनि आईराछन भने यो अवस्थाको समाधान कसरी गर्ने अरे , समिति गठन गरौ भन्लान, गुठि संस्थान ले के गर्छ, महानगरपालिका सबै के के न गर्छन भनेर पहाड नै नबनाउ पनि , के भा छ र त्यस्तो भिड भयो प्रहरी आए धपाए , भिड नगर भन्दा मामाले भान्जा कुट्न पाईन्न भनेझै मामालाई सकि नसकि ईट्टा जत्रा ढुङ्गा हान्ने ; आफ्नै तिरका एउटा अबुझ, उच्रिङखल को ढुङ्गालागेर अर्को त्यस्तै खाले जात्रे घाईते हुने ; मामालाई त कति घाईते पार्छन कति त्यो छोडिदिउ अनि त्यो जात्रे भान्जो भनौदो घाईते भएसी अस्पाताल लाने , सबै गर्ने तिनै मामा( नेपाल प्रहरी ) हैन फेरि तपाईहरुनै आकलन गर्नुस यी मामा भन्जा ( प्रहरी र प्रद्रशनकारी ) को यसमा सम्बन्ध कस्तो, टिभिमा लाईभ हेर्दा के प्रहरी ले ती केही जमात लाई नियन्त्रण गर्न नसकेर यस्तो भयो भन्ने ठान्नुभाछ , मलाई त त्यस्तो कतै महशुस भएन , यदि चाँहेको भए , त्यति नजिकै भएका केही उ्छ्ररिङ्खल भन्जाहरुलाई सिधै मज्जाले गएर वा अरु तरिकाले मजाले नियन्त्रण गर्न सक्थ्यो ,मजाले सकेथ्यो , त्यसो गरेन किन थाहा छ , मामा लाई भान्जाको माया छ ,सकभर मामाघर नलगौ वा चोटपटक लागला कि भनेर , हो पक्कै हो , तर के गर्नु तिनका हर्कत ले बाध्य बनाउछ र संघर्ष हुन थाल्दछ।


    सरकार (तिनै तह) अरु सबै पुर्णतया चोखा नै हुन भनेर पनि भन्न सकिन्न र गलत कार्य र दुश्कर्महरु भन्ने पनि समय र अवस्था हुन्छ , त्यसैले अवस्था र परिस्तिथि हेरी सबैले काम गर्नु उपयुक्त हुन्छ ….खास कुरा त ; के गर्नु पर्थ्यो त प्रहरीले, स्वास्थ्यकर्मिले यो परिस्तिथिमा मलाई त कसरी देशका नागरिक बचाउने, देश बचाउने मा कार्यशैलि र क्षमताले भ्याए सम्म कार्य त गरेकै जस्तो अनुभुत हुन्छ , यी सबै कुरा मेरो ब्यत्तिगत घारणा र टेलिभिजनमा लाईभ हेर्दाको सोचाई र मनको मनथनको समिश्रण हुन , कसै प्रति लक्षित र अाक्षेपित नठहरियोस , चाडँबाड , सभ्यता, संस्कृति सबै आ-आफ्नो ठाँउमा उत्तिकै सम्मानयोग्य र अपरिहार्य कुरा पक्कै हुन र यो पनि हो कि आफ्नो , परिवारको , समाजको , क्षेत्रको र देशको अस्तित्व र अवस्था राम्रो हुनु झन मुल्यवान रहन्छ ।यो जनताको मनोमानी र सरकारको आनकानिको परिणाम हो… मछिन्द्रनाथको जात्रा आईराछ भन्ने त सबैलाई थाहै थियो सरकारको तर्फबाट यसको लागि केही ठोस निर्णय हुनुपर्ने अनि पूजारी सहित ८/१० भएर सामान्य पुजा गरी सम्पन्न गरेको भए यतिको परिस्थिति सृजना हुनेथिएन होला..अर्को तर्फ जनताहरूले यो अहिलेको विषम परिस्थिति बारे बुझेर पनि बुझ पचाएर यतिको लापरबाही पनि अत्ति नै हो…..🙏🙏 सरकार जिम्मेवार भई अभिभाकत्व ग्रहण गर्न नसक्नु..जनता जिम्मेवार भई आफ्नो कर्तव्य ननिभाउनु….यसको परिणाम सहज हुनेछैन..आफू बचौ..अनि अरूलाई बचाउ….!संस्कृति कहाँ रहन्छ हाम्रो हामी नै नरहे ।🇳🇵धन्यबाद , सजक रहौँ सुरक्षित रहौँ🇳🇵

    प्रतिक्रिया दिनुहोस


    नयाँ