उनले भने, ‘मानसिक समस्या वा मानसिक रोग सम्बन्धी कुनै पनि परामर्श लिनु परेको खण्डमा तपाईहरुले यी दुई वटा नम्बरमा सम्पर्क गर्न सक्नु हुने छ।’ बिहीबार आत्महत्या रोकथाम दिवसका दिवसका दिन सरकारले टोल फ्री नम्बर सञ्चालन सुरु गरेको हो।
नेपालमा प्रत्यक वर्ष ६ हजार मानिसले आत्महत्या गर्ने गरेको समेत उनले बताए। उनले भने,‘यसको मतलब एक दिनमा १६ जनाले आत्महत्या गर्नुहुन्छ। तर यो पाँच महिनाको बिचमा भने आत्महत्या गर्नेको संख्या करिव २० प्रतिशत बढेको देखिएको छ। एक दिनमा झन्डै २० जना व्यक्तिले आत्म हत्या गरेको पाइएको छ।’ आत्महत्या गरेका ८५ प्रतिशत व्यक्तिहरुमा मानसिक रोग हुने गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस