२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

शुक्लाफाँटामा नेपाली काँग्रेसद्वारा कडा आन्दोलनको तयारी

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित १ महिना अघि
  • नेपाली काँग्रेस शुक्लाफाँटा नगर अनुगमन समितिले नगरपालिका विरुद्ध कडा आन्दोलनको तयारी गरेको छ । समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागको नगरपालिकाले उपेक्षा गरेको आरोप लगाउँदै सो बिरुद्ध कडा आन्दोलनमा जाने तयारी भएको जानकारी गराएको हो ।

    विज्ञप्तिमा उस्तैखाले मागका सम्बन्धमा केही व्यक्ति र समूहको माग २४ घण्टाभित्र सम्बोधन हुनुले आफ्नो मागको उपेक्षा गरेको महसुस भएको उल्लेख छ । समितिका संयोजक धौल सिंह महराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ ६ गते शुक्लाफाँटा नगरपालिकाभित्र भएका भ्रष्टाचार, अनियमितता तथा अवैधानिक ढङ्गबाट गठन भएको नगरशिक्षा समिति तत्काल विघटन गर्न माग राखी ज्ञापनपत्र दिँदा समेत उचित जवाफ नआएको उल्लेख गर्दै नगरपालिकाको त्यस कार्यको विरोध स्वरुप सांकेतिक मौन जुलुस र पुनः प्रेस विज्ञप्ति जारी गर्दा समेत सकारात्मक उत्तर नआएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    यस्तै समितिको विज्ञप्तिमा लोकतान्त्रिक आचरणलाई कमजोर ठानी आफ्ना मागको पुनः उपेक्षा भए बाध्य भएर कडा आन्दोलनमा जाने उल्लेख गरेको छ । त्यस आन्दोलनबाट हुनजाने सम्पूर्ण क्षतिको जिम्मेवारी पनि नगरपालिकाले लिनुपर्ने समितिले चेतावनी दिएको छ । यस्तै नगर अनुगमन समितिले आफ्ना मागप्रति नगरको ध्यानाकर्षण गराउन यो लगायत तेस्रोपटक प्रेस विज्ञप्ति जारी गरेको समिति सदस्य गोविन्द नेपालीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ