२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

समस्याका पछाडि नेता मात्र कारण होइनन्, हामीले पनि पहल गर्नुपर्छ ।

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित १ महिना अघि
  • बिकास भनेको रुपान्तरण हो । चाहे त्यो जुनसुकै क्षेत्रभित्र नै किन नहोस् । रुपान्तरण भन्नाले कुनै विषय वस्तुको रही आएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ । जहाँ जे  कुराहरुको अभाव छ, ती प्राप्त हुनु नै विकासको पथमा लम्कनु हो भन्न सकिन्छ । हरेक स–साना उपलब्धिको समष्टिगतरुप नै दीर्घकालमा पूर्ण विकासको अवस्था बन्न सक्दो रहेछ । नेपालमा आर्थिक समृद्धि हुन्छ वा देशले कोल्टे फेर्छ भनेर हामी नेपाली पटक–पटक आशावादी भएका छौँ ।

    विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनपश्चात् ‘अब चाहिँ केही हुन्छ’ जस्तो देखिन्छ। तर, केही वर्ष बित्न नपाउँदै आशा निराशामा परिणत हुन्छ । हाम्रो देश समृद्ध नबन्नुका पछाडि हाम्रा आ–आफ्नै तर्क र दृष्टिकोण छन्। तर, ‘यो देश नेताले गर्दा उँभो लागेन’ वा ‘यो देशले इमानदार नेता नै जन्माउन सकेन’ भन्ने दृष्टिकोण चाहिँ समान दृष्टिकोण होभन्दा अत्युक्ति नहोला । शुक्लाफाँटा नगरपालिका मा एडीबीको ऋण सहयोगमा शहरी विकास आयोजना अन्तर्गत बन्न लागेको सडक, नगरपालिका भवन र फोहोरमैला व्यवस्थापनको कार्य छिटोभन्दा छिटो सम्पन्न भए नगरबासिको लागि निकै खुशीको कुरा हुनेछ ।

    तर केही समययता विभिन्न कारणबाट विकासको त्यस अवस्थामा अवरोध पु¥याउने खालका गतिविधीले नगरको भविष्य पछाडि धकेलिरहेको छ । त्यसकारण शिघ्र बोल्ड निर्णय गरेर कार्य अगाडि बढाउन अनुरोध गर्दछु । विकास र समृद्धि भएन वा नेताले गरेनन् भनेर हामी जनताले गुनासो गर्नु अस्वाभाविक होइन। तर, नेतालाई मात्र सम्पूर्ण दोष दिएर हुँदैन। हामीले करिब ६०–७० वर्षका बीचमा कैयौँ व्यवस्था, प्रणाली र नेता परिवर्तन ग¥यौँ । तर, समस्या जहाँको तहीँ छ । यसको अर्थ यो समस्याका पछाडि नेता मात्र कारण होइनन् । हाम्रा संस्कार, संस्कृति र परम्परा पनि जिम्मेवार छन् । त्यसकारण समयमै चेत खुलोस् ।

    शीतल धामी (युवा नेता) शुक्लाफाँटा नगरपालिका
    वडा नं.– ७,कञ्चनपुर

    प्रतिक्रिया दिनुहोस


    नयाँ