२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

भारतको बिहारमा चट्याङ लागेर १५ को मृत्यु

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित १ महिना अघि
  • एजेन्सी- भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयताको अविरल वर्षासँगैको चट्याङमा परी १५ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

    भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङ लागेर १०० जनाभन्दा बढीको ज्यान गएको थियो । मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारलाई चार लाख भारतीय रुपैयाँका दरले राहत रकम दिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ