२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

आइपिएल आजदेखी युएईमा सुरु, उद्घाटन खेलमा चेन्नई र मुम्बै भिड्दै

  • २०७७ आश्विन ३, शनिबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौँ, ३  असाेज ।  टि-२० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि सुरु हुँदैछ । यस वर्षको आइपिएल यएईमा हुँदैछ । कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुने भएको हो भने भने कडा स्वास्थ्य प्रोटोकलका साबधानी अपनाइनेछ । आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने छ ।

     

    हाल सम्मको आइपिएलमा सबै भन्दा धेरै फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो उद्घाटन खेल रोचक हुने हुने छ । यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ । चेन्नई र मुम्बईबीचका अहिलेसम्मका हेड टु हेड हेर्दा यी दुई टिम २८ पटक प्रतिस्प्रधि बनेका छन् । जसमा मुम्बईले १७ खेल जितेको छ भने चेन्नईले ११ खेल जितेको छ ।

     

    मुम्बई आइपिएल इतिहासमा सबै भन्दा धेरै उपाधि हात पार्ने टिम हो । मुम्बईले आइपिएलमा अहिले सम्म ५ पटक फाईन खेलेको छ । जसमा ४ पटक उपाधि हात पारेको छ भने यता चेन्नईको पनि आइपिएल इतिहास राम्रै छ । चेन्नईले पनि तीन पटक आईपिएल उपाधि जितेको छ भने ८ पटक फाईनल खेलेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ