२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

प्याब्सन र एनप्याब्सनद्वारा विभिन्न माग राख्दै शुक्लाफाँटाको ध्यानाकर्षण

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित १ महिना अघि
  • निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सन शुक्लाफाँटाले मंगलबार संयुक्त रुपमा शुक्लाफाँटा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । प्याब्सनका अध्यक्ष हिमालय कुमार चन्द र एन प्याब्सनका संयोजक धिरेन्द्र साउँदले संयुक्त हस्ताक्षर गरि कोभिड(१९ का कारण सृजित समस्याको समाधानार्थ पटकपटक गरिएका आग्रहका बाबजुद कुनै ठोस निष्कर्ष प्राप्त नहुँदा विद्यालयका दायित्वहरु पूरा गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्न आर्थिक तथा नैतिक रुपले दिनानुदिन अप्ठ्यारो पर्दै गएको कारण दर्शाउँदै ध्यानाकर्षण पत्र बुझाएको हो । यसैगरि नगरपालिकाबाट ठोस समाधानका लागि पहल नभए सम्मका लागि वैकल्पिक शिक्षा कार्यक्रमहरु सञ्चालन गर्न नगरपालिका भित्रका सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरु असमर्थ रहेको जानकारी गराइएको छ ।

     

    छाता संगठनले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ कार्यान्वयनका लागि अभिलेखीकरणको समयसीमा तोकि अभिभावकहरुका लागि सार्वजनिक सूचना जारी गरिनुपर्ने, नगरपालिका अन्तर्गत परिमार्जन सहित निर्माणको प्रक्रियामा रहेको नगरशिक्षा कार्यविधि परिमार्जन समितिमा निजी तथा संस्थागत विद्यालयको अनिवार्य प्रतिनिधित्व गराइनुपर्ने, नगरपालिकाबाट निजी तथा संस्थागत विद्यालय हरुलाई लगाइएको अव्यवहारिक, असान्दर्भिक व्यवसाय कर यथाशिघ्र खारेज गर्नुपर्ने र नगरपालिका अन्तर्गत गठन हुने शिक्षासँग सम्बन्धित समिति, उपसमिति तथा कार्यदलमा निजी तथा संस्थागत विद्यालयको अनिवार्य प्रतिनिधित्व गराइनुपर्ने र यसरी प्रतिनिधित्व गराउँदा संस्थागत विद्यालयका आधिकारिक छाता संगठनलाई जानकारी गराउनुपर्ने माग अघि सारेको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ