२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

ट्रयाक्टरसहित कृष्णपुर नगरपालिका घेराउ

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • कृष्णपुर नगरपालीका ट्रयाक्टर व्यवसायीले कृष्णपुर नगरपालिका घेराउ गरेका छन्। नदीजन्य सामग्री ढुवानी गर्ने ट्रयाक्टरहरुले खोलामा र सडक प्रयोग गरेवाफत दुवैको कर तिर्नुपर्ने भन्दै सो को खारेजीका लागी उनिहरुले नगरपालीका ट्रयाक्टरसहित घेराउ गरेका हुन । नगरपालीकाले कुनै पनि नागरिक, उद्यमी, व्यवसायी तथा समाजसेवीहरुलाई जानकारी नदिई बदनियत तरिकाले ठेक्का दिएकाले सो को खारेजीको माग गर्दै नगरपालीका घेराउ गरिएको स्थानिय व्यापारी पुुष्पराज भट्टले बताए ।

     

    सडक सेवा शुल्क भन्दै लिएको करले नगरमा आतंक मच्चाएको भएपनि नगरपालीकालाई जानकारी गराउँदा उल्टै ठेकेदारकै पक्षपोषण हुने गरी प्रस्तुत भएको उनले आरोप लगाए । सोही विषयमा शुक्रबार नगरपालीकामा सरोकारवालाहरुको छलफल भएको थियो । छलफलमा सहभागी स्थानियहरुले ठेक्का नै खारेजीको माग गरेका छन ।

     

    यता कृष्णपुर नगरपालीकाका नगरप्रमुख कणर् बहादुर हमालले भने कार्यपालीकाको बैठक बिना ठेक्का खारेजी नहुने बताएका छन । ‘कार्यपालीकाको बैठकबाट पास भएर ठेक्का प्रकृयामा गई ठेक्का सम्झौता भएको हो’ उनले भने ‘कार्यपालीकाको बैठकबिना खारेजी सम्भव हुदैन, त्यसमा नगरप्रमुखले एकल निणर्य लिन सक्दैन ।’

     

    जिल्लाका अन्य स्थानिय तहहरुले पनि विगतदेखी नै सडक शुल्क लिने गरेको भएपनि कृष्णपुरले भने यस वर्षदेखी सुरुवात गरेको उनले बताए । सुरुवातको वर्षमा ठेक्का जान्छ जादैन त्यसको निश्चित नहुने र वार्षिक रुपमा ठेक्का रकम बढ्दै जाने उनले बताए । मुल्यांकनको आधारमा विधि प्रकृया पुर्‍याएर ठेक्का सम्झौता भएको ठेक्का नगरप्रमुख हमालले बताए । शुक्रबार बसेको सरोकारवालाहरुको बैठक भने विना निष्कर्ष टुङगीएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ