२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

देउवालाई कोरोना पुष्टि

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरस संक्रमण भएको छ।शुक्रबार भएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको उप–मेयर अञ्चला चौधरीले बताईन्। केही दिन अघि नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतलाई संक्रमण देखिएपछि उनीसहित अरु कर्मचारीको पनि कोरोना जाँच गरिएको थियो।

    अहिले मेयर देउवा सहित संक्रमित नगरपालिकाका कर्मचारी आइसोलेसनमा बसेका छन्। ‘अहिले मेरो अवस्था सामान्य छ,’ नगर प्रमुख देउवाले भने। उनले आफूमा कुनै लक्षण नदेखिएको बताए। मेयर देउवा अहिले होम आईसोलेसनमा छन्।

    प्रतिक्रिया दिनुहोस


    नयाँ