२०७७ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2020

महाकाली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • २०७७ आश्विन १८, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • महाकाली अस्पतालमा आईतबार आकस्मिक बाहेकका सबै सेवा बन्द हुने भएका छन् । आईसीयुमा उपचाररच एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरिएका हुन् ।

    अस्पताल प्रशासनले ओपीडी लगायतका कक्षहरुमा सेनेटाइजेसन गर्न भएकाले आईतबार एक दिनका लागि मात्रै सेवाहरु बन्द हुने जनाएको छ । ‘आज आकस्मिक बाहेकका सबै सेवाहरु बन्द रहनेछन्’ अस्पतालका डा. दुर्गेश चौधरीले भने, ‘आज सबै क्षेत्रमा सेनेटाइजेसन तथा सरसफाई गरिने छ।’

    अस्पताल प्रशासनका अनुसार १५ असोजमा भर्ना भई आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएको हो। उनमा शनिबार साँझ मात्रै संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएलगत्तै आकस्मिक बैठक बसेर उक्र निर्णयहरु गरिएको हो।

    प्रतिक्रिया दिनुहोस


    नयाँ