२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

कालागौडीबाट सशस्त्र प्रहरीद्धारा ३८ लाख बढीको अवैध सामान बरामद

  • २०७७ आश्विन २०, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • सशस्त्र प्रहरीले कलुवापुर–बेलौरी सडक खण्डबाट ३८ लाख बढीको अवैध सामान बरामद गरेको छ। झलारीस्थित सशस्त्र प्रहरीको ३५ नं. गणबाट खटिएको टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौडी क्षेत्रबाट परिमाण भन्दा कम विल बनाएर ढुवानी भईरहेको मालसामान बरामद गरेको हो।

     

    से १ च ११३२ नम्बरको महेन्द्रा जीपमा धनगढीका विभिन्न टे«र्डस र सपिङ्ग सेन्टरबाट परिणाम भन्दा कमको बिलविजक बनाई लैजादैँ गरेको जीप सहितका सामान बरामद गरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरको टोलीले चालक, बरामद सामान र सवारी साधन कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ।

     

    परिणाम भन्दा कम मूल्यको विल बनाई सामान र औषधि लिएर दिपायल हिडनुपर्ने जीप धनगढीबाट ३० किलोमिटर पश्चिम दक्षिणमा गई प्रतिवन्धीत सामान कञ्चनपुरको बाटो हुँदै गएको बेला सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्ट नेतृत्वको टोलीले जीप सहितको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक वीरेन्द्र ऐरले बताए। जीपका चालक लाल कोलीलाई समेत नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको छ।

     

    प्रहरी उपरिक्षक ऐरका अनुसार जीपमा विभिन्न किसिमको औषधी १६ लाख दुई सय ४५, थानको कपडा एक लाख ४३ हजार सात सय ६४, तयारी कपडा रु दुई लाख ६३ हजार एक सय ४५ को सामान बरामद गरिएको छ । यसैगरी, प्रतिवन्धित सामानहरुमा सुपर पावर सुर्ती १० बोरा, स्वीट सुपारी गुटखा १२ बोरा, प्लाष्टिक पाँच बोरा र विलविजक नभएको बेसार २० किलो बरामद गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ