२०७७ कार्तिक ७, शुक्रबार | Fri, 23, Oct, 2020

कर्मचारीलाई कोरोना देखिएपछि राजश्व कार्यालय महेन्द्रनगरमा अनलाइन बाहेकका सेवा बन्द

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • कञ्चनपुर : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरबाट प्रदान गरिने अनलाइन बाहेकका सबै सेवा बन्द गरिएको छ। अन्य कर्मचारीको पनि स्वाव संकलन गर्नुपर्ने भएकाले बुधबारदेखि कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको हो।

     

    कार्यालयका १६ जना कर्मचारीको बुधबार दिउसो स्वाव संकलन गरिनेछ। उनीहरुको रिपोर्ट नआउँदासम्म अनलाइन बाहेकका सेवा बन्द गरिने राजश्व कार्यालयका सुचना अधिकारी विष्णुबहादुर राउतले बताए। उनका अनुसार सोमबार एकजना कर्मचारीमा संक्रमण देखिएको थियो। त्यसपछि उनको सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि स्वाब संकलन गरिने भएको हो।

    प्रतिक्रिया दिनुहोस


    नयाँ