२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

सेती अस्पतालको परिक्षणमा थप ६९ जनामा कोरोना पुष्टि

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • धनगढी, २१ असोज- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बुधवार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको धनगढी उप–महानगरपालिकाका ४१ जनामा संक्रमण पुष्टि भएको छ।

    प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नखुलेका २८ जना, वडा नम्वर ३, ५ र ८ का तीनरतीन जना, वडा नम्वर १ का दुई जना, वडा नम्वर २ र ४ का एकरएक जनामा संक्रमण पुष्टि भएको छ। यस्तै टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नम्वर १ का दुई जना र भजनी नगरपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ