२०७७ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2020

कैलालीमा आफ्नै बुवाले छोरी बलात्कार गरेको आरोप

  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • कैलालीमा आफ्नै छोरीलाई बाबुले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको गोदावरीमा ११ बर्षिया बालिकालाई उनकै बाबुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको छ । शनिबार राति ४५ वर्षीय बाबुले ११ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

     

    पीडित पक्षले १९ गते जाहेरी दिएको र त्यसै दिन मुद्दा दर्ता गरिएको प्रवक्ता बिष्टले जानकारी दिए । शनिबार राति बलात्कार गरेको आरोप लागेका बुवा आइतबार फरार रहेको उनले बताए । उनको खोजी भइरहेको बिष्टले बताए ।


    प्रतिक्रिया दिनुहोस


    नयाँ