२०७७ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2020

जनताबाट संकलित करः उत्पादनमा लगानी कि अनुत्पादक क्षेत्रमा ?

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • स्थानीय  निकायको निर्वाचनका बेला ‘उद्यम र रोजगार’विशेष महत्वको साझा मुद्दा थियो । चुनावमा होमिएका सबै राजनीतिक दलका घोषणापत्रमा युवालाई उत्पादनशील कार्यमा जोड्ने र समाजलाई उद्यमशील बनाउने एजेण्डा बडो महत्वका साथ उल्लेख गरिएको थियो । उम्मेदवारहरुले टोलटोलमा कोणसभाको आयोजना गरि समाजलाई उत्पादनसित जोड्ने योजनालाई विशेष महत्वका साथ उद्घोष गरेका थिए ।

    टोलटोलमा गुञ्जिने आकर्षक योजनाहरु सुन्दा विशेषतः बेरोजगार युवाहरुले राहत महसुस गरेका थिए । एउटा झिनो आशा पलाएको थियो । तर बिहीबार शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका योजनामा बजेट छुट्याएको छ । जसमा सबै योजनाहरु पूर्वाधार निर्माणमा मात्र सिमित भए । सबै रकम अनुत्पादक क्षेत्रमा लगानी भएको देखिन्छ । कुनैपनि योजनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उत्पादन र रोजगारलाई स्पर्श गर्न सकेन ।

    आर्थिक वर्ष २०७७÷७८ नगर गौरवको योजना हेरेपछि  बेरोजगार जोकोही निराश हुन्छन् । यो समयमा रोजगारीको केही व्यवस्था स्थानीय तहले नै गर्ला भन्ने आशा थियो । तर, रोजगारी सिर्जना गर्नेगरि कुनै गौरवको योजना आएन । यो समयमा बेरोजगारीलाई रोजगारी पहिलो प्राथमिकतामा राख्नुपर्थ्यो । तर आएन । यसरी जनताबाट कर संकलन गर्नुबाहेक अन्य कुनै राजश्व संकलनको श्रोत नभएको नगरपालिकाले ठूलो धनराशी भौतिक संरचना निर्माणमा खर्च गर्नु दुरदर्शिता पक्कै हैन । उद्यम र रोजगारलाई पहिलो प्राथमिकतामा राखेर नगरले काम गरोस् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ