२०७७ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2020

नेपालमा एकैदिन ५ हजार ८ जना कोरोना संक्रमित थपिए 

  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार २ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।

     

    पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ भने ४ हजार ६ सय ८६ जना क्वारेन्टिनमा छन् ।

    काठमाडौँ उपत्यकाका २६७२ जना

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ