२०७७ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2020

सरकार र डा.केसीबीच मध्यराति ८ बुँदे सहमति, आज ९ बजे अनशन तोड्ने

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • काठमााडौं  :चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको छ । भदौं २९ गतेदेखि १९ औं आमरण अनशनमा रहनु भएका डा. केसी र सरकारी वार्ता टोलीबीच ८ बुँदे सहमति भएको हो । २७ दिनदेखि आमरण अनशनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।  शनिबार नै अनशन तोड्ने सहमति भएको भए पनि डा. केसीले आइतबार विहान अनशन तोड्नुहुने जनाइएको छ ।

     

    सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई शुरु गर्ने सहमतिमा उल्लेख छ ।  यस्तै, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ । यस्तै, चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० मा गरिएको सम्झौतालाई पनि राखिने छ ।

    डा केसी र सरकारबीच भएको सहमति यस्तो छ-

     

    डा. केसी र सरकारबीच आठ बुँदे सहमति

     

     

    प्रतिक्रिया दिनुहोस


    नयाँ