२०७७ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2020

सृजनशील ५० लाख मुनाफामा, ४० करोडको वित्तीय कारोवार

  • २०७७ आश्विन २९, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा केन्द्रिय कार्यालय रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले आ।व २०७६÷७७ मा ६ करोड ६ लाख ९६ हजार ४ सय १७ रुपैयाँ आम्दानी गरेको छ । जुन आ।व २०७५÷७६ को तुलनामा ४० दशमलव ५६ प्रतिशतले बढी रहेको छ । सहकारीको १३ औँ वार्षिक साधारणसभामा आयव्यय प्रतिवेदन पेश गर्दै सहकारीकी कोषाध्यक्ष मोनिका कुमारी भण्डारीले आव २०७६÷७७ मा संस्थाले ४९ लाख ७२ हजार ६ सय ८३ रकम खुद नाफा आर्जन गरिएको बताइन् । उनका अनुसार यो नाफा अघिल्लो वर्षको तुलनामा १६ दशमलव ९१ प्रतिशतले बढी हो ।

    यसैबीच संस्थाले चालू आवमा करिब ४० करोड बराबरको वित्तीय कारोवारगरेको छ । सहकारीमा बचतकर्ताको सङ्ख्यामा वृद्धि भएसँगै बचत रकम रु १९ करोड २७ लाख ९६ हजार ३ सय १७ पुगेको छ । यसवर्ष शेयर सदस्य संख्या २ हजार ३ सय ३६ ले वृद्धि भई १२ हजार ५ पुगेको छ । आव २०७५÷७६ को तुलनामा चालू वर्षको बचत रकम १८ दशमलव ९९ प्रतिशतले वृद्धि भएको उनले बताइन् । उनका अनुसार सहकारीको लगानीमा रहेको ऋण रु ३३ करोड ३२ लाख १८ हजार ४ सय ११ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २८ दशमलव ७७ प्रतिशतले बढी हो । कार्यक्रमका प्रमुख अतिथि एवं बचत तथा ऋण सहकारी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष माधव जोशीले सहकारीमा रहेको दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने कुरामा जोड दिए । यस्तै उनले राज्यले पनि सहकारीको नियमन र अनुगमन गर्नुपर्ने औल्याउँदै सहकारीका सदस्यहरु समृद्ध भएमात्र समाजको विकास हुने बताए ।

    यसैगरि कार्यक्रमका विशिष्ट अतिथि तथा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख गणेश बहादुर चन्दले एउटै प्रकृतिका धेरै सहकारी खोल्नुभन्दा स्थानीय सरकार र नेफ्स्कुन लगायतको पहलमा मर्जमा आउनुपर्ने आवश्यकता रहेको बताए । यस्तै सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभापति शिवराज भट्टले संस्थाका हाल ७ वटा सेवाकेन्द्र र १ मुख्य कार्यालय गरि ८ ठाउँबाट वित्तीय सेवा उपलब्ध गराइरहेको बताए । उनका अनुसार आगामी वर्षमा थप २ ठाउँमा बचत संकलन केन्द्र स्थापना गरि सदस्यहरुलाई घरदैलोमा नै थप वित्तीय सेवा उपलब्ध गराउने संस्थाको योजना रहेको छ ।

    सहकारीले आदिवासी र जनजाती वर्गका उद्यमशील महिला तथा पुरुषहरुलाई वित्तीय सेवाको माध्यमबाट आर्थिक विकासका लागि सहज रुपमा ऋण परिचालन गर्नका लागि जिल्लाका अन्य सात स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । कोभिड–१९ का कारण विश्व आक्रान्त भएको बेला स्वास्थ्य लगायतका सुरक्षा मापदण्डको ख्याल गर्दै वुधवार झलारीमा सृजनसिल वचत ऋण सहकारीले १३ औ बार्षिक साधारण सभा कोरोना महामारीको ख्यालगरी कंञ्चनपुरमै पहिलो पटक जुम प्रबिधिको उपयोग गरी साधारणसभा सम्पन्न गरेको छ । वि।सं २०६५ सालमा रु एक लाख ३२ हजार शेयर पूँजी सङ्कलन गरी यस क्षेत्रमा बैंकिङ सेवा नभएको अवस्थामा सहकारी सञ्चालन गरिएको थियो ।

    स्थानीय तहलाई राहत तथा शेयर सदस्यलाई व्याजमा छुट
    सृजनशील बचत तथा ऋण सहकारी संस्थाले कोभिड–१९ को बेला शेयर सदस्यलाई व्याज छुट तथा स्थानीय तहहरुलाई राहत उपलब्ध गराएको थियो । कोभिड–१९ का कारण सदस्यहरुले संस्थामा तिर्नुपर्ने रकमहरु समयमै बुझाउन नसकेको अवस्था र आर्थिक राहत गतिविधि शुन्य भएको अवस्थामा ऋणी सदस्यहरुलाई राहत स्वरुप २०७६ चैतदेखि २०७७ असार मसान्तसम्मका लागि १० प्रतिशत व्याज छुट दिएको थियो ।

    जसमध्ये ३ हजार ७ सय २२ सदस्यले व्याज छुट पाएको र ८ लाख १४ हजार ८ सय ८१ रुपैयाँ जम्मा व्याज छुट रकम रहको सहकारीका सचिव खगेन्द्र प्रसाद पाण्डेयले बताए । यस्तै कोभिड९१९ ले गर्दा आर्थिक गतिविधिहरु न्यून रहेको अवस्थामा स्थानीय पालिकाहरु संग समन्वय गरी स्थानीय व्यक्तिहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले संस्थाका सञ्चालक सदस्य र कर्मचारीहरूको सहयोगमा कञ्चनपुरका ७ वटा स्थानीय तहमा राहत स्वरुप नगद १ लाख ५७ हजार रुपैयाँ सहयोग गरेको थियो ।
    प्रविधि विकास तथा विद्युतीय कारोबार सञ्चालन
    सृजनशीलले वित्तीय कारोबारमा छिटो सेवा प्रवाहका लागि प्रविधि तथा विद्युतीय कारोबार प्रणाली लागू गरेको छ । संस्थाले उच्च गुणस्तरको सफ्टवेयर प्रयोग गर्दै अनलाइन सफ्टवेयर लगायतका उपकरणहरु लन्च गरेको छ । मोबाइल बैंकिङ्ग सेवा, ट्यावलेट बैंकिङ्ग सेवा लगायतका उच्चतम् प्रविधिहरु प्रयोग गरि सदस्यहरुलाई सेवा उपलब्ध गराइरहेको सचिव खगेन्द्र प्रसाद पाण्डेयले बताए । आगामी योजनामा प्रविधी मैत्री कारोवारको निरन्तरता, सदस्यको अभिलेखिकरण,कृषि कार्यक्रममा लगानी, संस्थाको सम्पत्ति पुजि वृद्वि, सहकारी शिक्षा तथा वित्तिय साक्षरता, उधमशिलता सम्वन्धि कार्यक्रम, संस्थागत सामाजिक विशेष कार्यक्रम लगायतका भावी योजना समावेश गरिएको सचिव पाण्डेयद्वारा प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ