२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

डोटीका नेपाली कांग्रेस नेता पुनको कोरोना संक्रमणबाट मृत्यु

  • २०७७ कार्तिक ५, बुधबार मा प्रकाशित १ महिना अघि
  • नेपाली कांग्रेस डोटीका नेता तेज पुनको निधन भएको छ ।

     

    नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

     

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती अस्पताल लगिएको थियो । उनमा मंगलबार कोरोना पुष्टि भएको थियो।  नेता पुनको बुधबार दिउँसो निधन भएको नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले जानकारी दिए ।पुनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ