२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

कञ्चनपुरबाट प्रहरीद्धारा ९९ हजार बराबरको रासायनिक मल बरामद

  • २०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • कञ्चनपुर, १४ कार्तिक । कञ्चनपुरको बेलौरीबाट प्रहरीले ९८ हजार ८ सय ८० मुल्य बराबरको बेवारिसे अवस्थामा रहेको रासायनिक मल बरामद गरेको छ ।

    शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ७ पचुई क्षेत्रबाट अवैध रुपमा चोरी पैठारी गरी भारतबाट ल्याइएको युरिया मल ३६ कट्टा, सुपर मल २ कट्टा र डि.ए.पी. मल ४७ कट्टा बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय धनगढी पठाइएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ