२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

अत्तरियामा वेवारिसे शव भेटियो

  • २०७७ कार्तिक १६, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • अत्तरिया : कैलालीको अत्तरियामा वेवारिसे शव भेटिएको छ । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियास्थित पूर्व रोडमा रहेको प्रतिक्षालयमा वेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ वेवारिसे शव भेटिएको बताए ।

     

    अन्दाजी ६० वर्षीया बृद्धको शव भेटिएपनि पहिचान खुलेको छैन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विष्टले पहाडी मूलको जस्तो देखिने ती बृद्धले माथिल्लो शरीरमा सेतो धर्के सर्ट, तल्लो शरीरमा नीलो पाइन्ट लगाएका छन् । उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ