२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

स्पेनिस फ्लू र कोरोना भाइरसमा समानता भेटिएको वैज्ञानिक दावी

  • २०७७ कार्तिक १६, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • १९१८ देखि सुरु भएको स्पेनिस फ्लुले १० करोड मानिसको मृत्यु भएको अनुमान गरिन्छ । पछिल्लो समय वैज्ञानिकहरुले कोरोना भाइरस र स्पेनिस फ्लूबीच समानता भएको र कतिपय गुणहरु मिल्दाजुल्दा देखिएको दावी गरेका छन् ।

    भारतीय सञ्चार माध्यमका अनुसार दुवै रोगको समानता भनेको श्वासबाट रोग फैलनु हो । दुवै रोग लागेपछि श्वास फेर्न गाह्रो हुने र मान्छेको फोक्सोमा प्रभाव देखिने हुन्छ ।

    खबरका अनुसार अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले कोरोना महामारी कसरी सर्छ, कति तेज ढंगले प्रसार हुन्छ भनेर किटान गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

    १९१८ देखि सुरु भएको स्पेनिश फ्लू १९१९ सम्म तेज गतिमा फैलिएको बताइन्छ । उक्त रोगले अमेरिकामा मात्र ६ लाख ७५ हजार जना र भारतमा १ करोड २० सम्मको ज्यान लिएको थियो ।

    अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार स्पेनिस फ्लूले २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुलाई बढी प्रभावित बनाएको थियो । तर, फैलावटको तरिकामा समानता भए पनि कोरोनाभाइरसले बुढाबुढी र दीर्घरोगीहरुलाई बढी निशाना बनाइरहेको छ ।

    महामारी रोग विशेषज्ञ इन्फ्लुएन्जा पुस्तकका लेखक डा.जेरेमी ब्राउनका अनुसार स्थिति धेरै खराब अवस्थातिर धकेलिएको छ । युरोप, अमेरिका र एशियाका मुलुकहरुमा भाइरसको दोस्रो लहरले राम्रो संकेत नगरेको उनको बुझाई छ ।

    युरोपियन देशहरुमा चिसो बढेसँग कोरोना भाइरसको संक्रमण तेज गतिमा फैलिरहेको छ । चिसो हावामा कोरोना भाइरसको फैलावटसँगै लामो समयसम्म किटाणु बाँच्ने वैज्ञानिकहरुले यसअघि नै बताइसकेका छन् । यस्तो अवस्थामा कोरोना पीडितलाई लामो समयसम्म सताउने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि चेतावनी दिँदै आएको छ ।

    चिसो बढेसँगै अधिकांश मान्छेहरु घरभित्रै रहने हुँदा अक्सिजनको मान्छेहरुमा कमी हुन जाने विशेषज्ञहरुको बुझाई छ ।

    विज्ञान तथा प्रविधिको विकासले स्पेनिस फ्लु हुँदाको समयभन्दा अहिले बिरामीलाई धेरै सुविधा छ । त्यतिबेला निमोनियाको उपचार सम्भव थिए । त्यसैले पनि धेरै मानिसले ज्यान गुमाउन पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ