२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

नारायणकाजी श्रेष्ठ भन्छन् ‘तुम शेर तो हम सवा शेर’झैँ नगरौँ

  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी भित्रको हालको आन्तरिक विवाद समाधानका लागि तत्काल प्रयासको खाँचो रहेको बताएका छन् ।

    विवाद समाधानको प्रयास नगरी ‘तैँ चुप मै चुप’ को अवस्था हुनु ठीक नभएको उनले उल्लेख गरेका छन् ।सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्, ‘तुम शेर तो हम सवा शेर झैँ व्यक्तिगत झगडा वा गालिगलौज पनि ठीक छैन । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर स्वस्थ एवम् रुपान्तरणमुखी छलफल गरौँ र पार्टीलाई एकतावद्ध बनाई अघि बढाउँ ।’

    विवाद समाधान गरि पार्टीलाई फुट, अकर्मण्यता वा पूँजीवादीकरणबाट बचाउनु पर्ने उनले उल्लेख गरेका छन् ।उनले लेखेका छन्, ‘सल्लाह गरेर पार्टी अलग अलग गरौँ भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन । तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थात व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाउँ भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौँ ।’

    उनले पार्टी भित्रको छलफल्, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप दिन नहुने बताएका छन् ।

    उनले लेखेका छन्, ‘पार्टी एकताको रक्षा गरौँ । साथै पार्टीलाई अकर्मण्य बनाई विघटन एवं बिसर्जनको दिशामा जान र भष्ट्र पुँजीवादी पार्टी बन्न पनि नदिउँ ।’

    प्रतिक्रिया दिनुहोस


    नयाँ