२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

अर्बपतिको सूचीमा मुकेश अम्बानी २ स्थान ओरालो

  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • सेयरमा आएको गिरावटका कारण विश्वका शीर्ष १० धनीको सूचीमा भारतका सर्वाधिक धनी मुकेश अम्बानी २ स्थान ओरालो लागेका छन् । उनी अघिल्लो पाँचौ स्थानबाट सातौ स्थानमा झरेका हुन् । फोब्र्स रियल टाइम बिलिनियरको सूचीमा मुकेश अम्बानीको कुल सम्पत्ति सोमबार करिब ४ अर्ब डलरले कमी आएको थियो । हाल उनको सम्पत्ति ७४.२ अर्ब डलर कायम भएको छ ।
    फोब्र्स रियल टाइम बिलिनियर सूचीमा दैनिक पब्लिक होल्डिङमा हुने उतार–चढावको बारेमा जानकारी दिइन्छ । जब विश्वका फरक–फरक ठाउँमा सेयर बजार खुल्छ, त्यसको प्रत्येक पाँच मिनेटमा यो सूची अद्यावधी हुन्छ ।
    विश्वका शीर्ष धनीको सूचीको पहिलो स्थानमा जेफ बजोस छन् । उनको कुल सम्पत्ति १७९.४ अर्ब डलर छ । उनीपछि दोस्रोमा ११३.३ अर्ब डलर सहित बर्नार्ड आरनाउल्ट छन् । ११२.८ अर्ब डलर सहित तेस्रोमा बिल गेट्स छन् ।
    चौथो, पाँचौ र छैठौमा क्रमशः मार्क जुकरबर्ग, एलन मस्क र वारेन बफेट छन् । उनीहरुको सम्पत्ति क्रमशः ९६.७ अर्ब, ८७ अर्ब र ७६.२ अर्ब डलर छ ।
    आठौं, नवौ र दसौमा क्रमशः ल्यारी एलिसन (७४.२ अर्ब डलर), ल्यारी पेज (७१.९ अर्ब डलर) र सर्गेई ब्रायन (६९.९ अर्ब डलर) छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ