२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

भारतीय चर्चित पत्रकार गोश्वामी पक्राउ

  • २०७७ कार्तिक १९, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • भारतीय रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोश्वामीलाई मुम्बई प्रहरीले गिरफ्तार गरेको छ । मिडिया रिपोर्ट अनुसार गोस्वामीलाई बुधबार बिहान ८ बजे उनको घरबाटै गिरफ्तार गरिएको छ ।

    गोश्वामीलाई २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नाईक र उनकी आमा कुमुद नाइकको आत्महत्याको जांचको सिलसिलामा गिरफ्तार गरिएको हो ।रिपब्लिक टिभीले गोश्वामीलाई प्रहरीले घिसार्दै घर बाहिर निकालेको दृश्य प्रशारण गरेको छ । गोश्वामीले प्रहरीले उनीमाथि मारपिट गरेको आरोप लगाएका छन् ।

    अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि गोश्वामीले महाराष्ट्र सरकार र प्रहरीलाई दोषीलाई बचाएको भन्दै रिपोर्ट प्रसारण गरिरहेका थिए ।भारतका केन्द्रीय सूचना प्रशारण मन्त्री प्रकाश जावेडकरले गोश्वामीलाई हिरासतमा लिएर प्रेस स्वतन्त्रतामाथि हमला भएको प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ