२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

अमेरिकामा बिडेन र ट्रम्प विच कडा टक्कर,पछिल्लो अपडेटमा ट्रम्प सात भोटले पछाडि

  • २०७७ कार्तिक १९, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ। राष्ट्रपति पदका उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक जो बिडेनबीच कडा प्रतिष्पर्धा भइरहेको छ।

    वाइडेनसँग अहिले पनि ट्रम्प पछाडि छन्। बिडेनले २२४ भोटका साथ अग्रता बनाइरहँदा ट्रम्प ७ भोटले पछि परेका छन्। सुरुमा ठूलो मतान्तरले पछि परेका ट्रम्पले  पछिल्लो समय पकड बनाउँदै लगेका छन्। बिडेनले २२४ इलेक्ट्रोरल भोट पाउँदा ट्रम्प २१३ भोटसहित पछ्याउँदैछन्।

    अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत प्राप्त गर्नुपर्छ। यो पटक राष्ट्रपतिमा को निर्वाचित हुन्छ भन्‍ने पक्का गर्न कठिन भएको छ। बिडेनले निर्वाचन जित्ने दाबी गरेका छन्। डेलभेरबाट सम्बोधनका क्रममा बिडेनले भने, ‘हामी जहाँ छौँ, हामी खुसी छौँ। हामीलाई विश्वास छ यो निर्वाचन जित्ने दिशामा छौँ।’

    उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाबीच ट्वीट गर्दै आफ्ना प्रतिद्वन्द्वीमाथि ‘चुनावमा चोरी’ को आरोप लगाएका छन्।

    ‘हामी अगाडि छौं तर चुनाव परिणाम हामीबाट चोर्ने कोसिस भइरहेको छ’, उनले भनेका छन्, ‘हामी उनलाई त्यस्तो गर्न दिँदैनौँ। चुनाव सकिएपछि त भोट हाल्न सकिँदैन नि।’

    अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको चुनावी अभियान हेरेका एक वरिष्ठ अधिकारीले अमेरिकामा बीबीसीको सहयोगी सीबीएस नेटवर्कसँग बोल्दै डोनाल्ड ट्रम्प आज राति ‘आफ्नो मजबुती’र ‘आफ्नो दृष्टिकोण’ लाई देखाउन चाहन्छन्।

    अमेरिकी राष्ट्रपति चुनावको परिणामकै क्रममा डेमोक्रेट उम्मेदवार जो बिडेनले भाषण गर्दै अहिले आइरहेको परिणामप्रति आफू खुसी रहेको बताएका छन्। ‘विस्कन्सिन र मिशिगनलाई लिएर म खुसी छु। चुनाव तबसम्म समाप्त हुँदैन जबसम्म हरेक ब्यालेट बक्स गनेर सकिँदैन।’

    ‘हामीलाई लाग्छ हामी जितिरहेका छौँ। तपाईंहरुको धैर्य सराहनीय छ। हामीले राम्रो महसुस गरिरहेका छौं। नतिजा आउन समय लाग्छ नि। गन्‍न पनि समय लाग्छ। किन कि हरेक भोट गन्‍नुपर्छ, हुलाकबाट पठाइएका भोट पनि। म या ट्रम्प दुवैले कसले जित्छ भन्‍ने घोषित गर्न सक्दैनौं। यो त अमेरिकी जनताले तय गर्नेछन्।’

    प्रतिक्रिया दिनुहोस


    नयाँ