२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

कोरोना संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ । गजुरलेलाई गत कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

    संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दियो ।पारिवारिक स्रोतका अनुसार थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ । गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

    सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित ६ जना बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै गजुरेलसहित १८ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालका प्रवक्ता प्रविण नेपालले बताए ।कोरोनाबाट संक्रमित १०१ जना बिरामीहरु सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ