२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

भारतमा पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढीमा कोरोना पुष्टि

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • भारतमा पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार ५० हजार ३५७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कोरोना संक्रमितको संख्या ८४ लाख ६२ हजार ८१ पुगेको छ।

    यस्तै, शनिवार थप ५७७ जना कोभिड १९ संक्रमितको मृत्यु भएको पुष्टि भएको छ। हालसम्म भारतमा कोरोनाका कारण १ लाख २५ हजार ५६२ जनाको मृत्यु भइसकेको छ।

    अहिले भारतमा ५ लाख १६ हजार ६३२ जना सक्रिया कोरोना संक्रमित रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    नयाँ