२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

हैदराबादलाई १७ रनले हराउँदै दिल्ली फाइनलमा

  • २०७७ कार्तिक २४, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • आईपीएलको १३ औँ सीजनको दोश्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गरेको छ । यसका साथै दिल्ली पहिलो पटक लीगको फाइनलमा पुगेको छ ।

    अब १० नोभेम्बरमा साबिक विजेता मुम्बई इण्डियन्ससँग् भिड्नेछ । टस जितेर ब्याटिङ गरेको दिल्लीले १९० रनको टार्गेट दिएको थियो ।

    जवाफमा हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन मात्रै बनाउन सक्यो । केन विलियम्सले ६७ र अब्दुल समदले ३३ रन बनाए ।

    दिल्लीका कागिसो राबाडाले ४, मार्कस स्टोइनिसले ३ र अक्षर पटेलले एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ