२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना

  • २०७७ कार्तिक २६, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण देखिएको छ ।  पारिवारिक स्रोतले दिएको जानकारी अनुसार केसीलाई कोरोना संक्रमण रहेको बुधबार पुष्टि भएको हो।

    परिवारका अनुसार केहीदिन यता अस्वस्थ भएपछि केसीको पीसीआर परीक्षण गरिएको थियो ।  उनको अहिले ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

    बुटवल रहेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ