२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

प्रधानमन्त्री खलिफाको मृत्यु

  • २०७७ कार्तिक २६, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ।

    बहराइन न्यूज एजेन्सीले प्रधानन्त्री खलिफाको बुधबार निधन भएको उल्लेख गरेको छ।प्रधानमन्त्री खलिफाको ८४ बर्षको उमेरमा निधन आज बिहान अमेरिकाको मेयो क्लिनिक अस्पतालमा उपचारका क्रममा निधन भएको बहराइनी रोयल कोर्टलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

    के कारणले उनको निधन भएको हो भन्ने खुलाइएको छैन। तर, अन्त्येष्टि समारोहमा विशिष्ट र आफन्तजन मात्रै उपस्थित हुनेछन्।बहराइनका राजाले प्रधानमन्त्री खलिफाको निधनमा एक हप्ते शोकको घोषणा गरेका छन्। राष्ट्रिय झण्डा आधा झुकाइने छ। मन्त्रालयहरू र सरकारी विभागहरू बिहीबार देखि तीन दिनको लागि बन्द रहनेछन्।

    सन् १९७० मा सत्तामा आएका प्रधानमन्त्री खलिफा विश्वमा सबैभन्दा लामो समयसम्म शासन गर्ने प्रधानमन्त्री हुन।

     

    प्रतिक्रिया दिनुहोस


    नयाँ