२०७७ मंसिर ८, सोमबार | Mon, 23, Nov, 2020

११० केजी गाँजा बरामद

  • २०७७ कार्तिक २७, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • सशस्त्र प्रहरी बल महोत्तरीले महोत्तरी एकडाँडा गाउपालिका वडा नं ३ , भटौलियाबाट ठुलो मात्रमा लागुऔषध गाँजा ११० केजी बरामद गरेको छ ।

    त्यस्तै चोकर ३० बोरा, मोबाइल २ थान, नेपाली रूपैया ८अजभार १५० सहित लागुऔषध ओसार पसारमा प्रयोग गरिएका ना.३ च. ९६२४ नम्बरको बोलेरो पिकअप थान पक्राउ गरेको छ । लागु औषध ओसार पसार गरेको अभियोगमा मकवानपुर भिमफेदी गाउपालिका २ बस्ने अम्मर कुमार थिङ्गलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यलय जलेश्वर महोत्तरीमा बुझाएको छ ।

    सशस्त्र प्रहरी बल नं ९ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले राज्यले खुल्ला सिमाको कारण हुन सक्ने अवैध गतिविधि र जुनसुकै अवाञ्छित क्रियाकलाप को रोकथाम र नियन्त्रणमा सशस्त्र प्रहरी बल सदैव सक्रिय बताए ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ