२०७७ मंसिर ११, बिहिबार | Thu, 26, Nov, 2020

भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघ्यो

  • २०७७ कार्तिक ३०, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • भारतमा कोभिड-१९ संक्रमितको संख्या ८८ लाख नाघेको छ। शनिवार थप ३६ हजार ८८१ जनालाई संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख नाघेको हो। कोरोना संक्रमितको संख्यामा भारत अमेरिकाको पछिपछि रहेको छ।

     

    त्यसैगरी कोरोना संक्रमणका कारण थप ३८९ जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार भारतभर कोभिड संक्रमणका कारण एक लाख २९ हजार ५०२ जनाको मृत्यु भइसकेको छ। ८८ लाख ६ हजार ४१४ जनालाई कोभिड-१९ संक्रमित हुँदा ८१ लाख ९५ हजार ५८९ जना भने संक्रमण मुक्त भइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस


    नयाँ