२०७७ माघ ८, बिहिबार | Thu, 21, Jan, 2021

स्वेता खड्काको बिहे धनगढीका युवकसँग पक्का

  • २०७७ मंसिर १८, बिहिबार मा प्रकाशित १ महिना अघि
  • अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने पक्का भएको छ ।

    उनी आगामी मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह बन्धनमा बाँधिन लागेको बुझिएको छ ।उनी लामो समयदेखि रावतसँग प्रेममा रहेको विषयमा लोकान्तरले यसअघि समाचार सार्वजनिक गरेको थियो । त्यतिबेला मंसिर ५ गते बिहे हुने हल्ला थियो, तर स्वेताले तत्काल बिहे गर्ने विषयमा नसोचेको प्रतिक्रिया दिएकी थिइन् ।

    सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनको बिहे हुनेछ । विवाहमा उनीहरू दुई परिवारका सदस्य मात्रै उपस्थित हुने जनाइएको छ ।चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र उद्योगमा पाइला चालेकी स्वेताले गर्न लागेको यो दोस्रो बिहे हो ।

    यसअघि २०७१–३–२३ मा उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेकी थिइन्, तर बिहे भएको १ महिनामै श्रीकृष्णको निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ