शुक्लाफाँटा नगरपालिका कार्यालय छ दिनका लागि सिल गरिएको छ । नगरपालिकाका तीन जना कर्मचारीमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि छ दिनसम्मका लागि कार्यालय सिल गरिएको हो । नगरपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य, फोहोरमैला व्यवस्थापन र दमकल सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिने तर टेण्डर सम्बन्धि कार्य र प्रकाशित विज्ञापन बमोजिम उम्मेदवारको दरखास्त बुझ्ने कार्य भने सुचारू नै रहने जनाइएको छ । बुधबार नगरपालिकाका ७३ जना कर्मचारीको नमुना परीक्षण गरिएकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस