२०७७ माघ ८, बिहिबार | Thu, 21, Jan, 2021

वृद्धाको हत्यापछि गरगहना लुटेर फरार व्यक्ति सार्वजनिक

  • २०७७ पौष १८, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • कञ्चनपुरमा सुनका गरगहना लुटेर बृद्धाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्याक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्लाको पुर्नवास नगरपालिका वडा न्मबर १ ढक्काकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेको आरोपमा उनका छिमेकी समेत रहेका अन्दाजी ४८ वर्षीय दलबहादुर बिकलाई प्रहरीले सार्वजनिक गरिएको हो।

     

    जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै लुटिएका गरगहना, हत्या गर्न प्रयोग भएको हतियारसहित बिकलाई पक्राउ गरिएको बताएका छन । उनको साथबाट केही राउण्ड गोली समेत बरामद गरिएको प्रहरीे बताए । गत आइतबार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो।

     

    मृतक वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन्। उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ । मृतक भुलले नाक, कान र घाँटीमा करिब ३ तोला जतिका सुनका गरगहना लगाएको  पारिवारिक स्रोतले बताए।

    प्रतिक्रिया दिनुहोस


    नयाँ