२०७७ माघ ८, बिहिबार | Thu, 21, Jan, 2021

पीएम कप फाइनल : एपीएफविरुद्ध ब्याटिङ गर्दै प्रदेश १

  • २०७७ पौष १९, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेटको फाइनल खेलमा एपीएफ र प्रदेश १ प्रतिस्पर्धा गर्दै छन् ।

    दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा केही बेरमा हुने खेलमा प्रदेश १ ले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । प्रदेश १ विरुद्ध एपीएफले केही बेरमा बलिङ थाल्नेछ ।

    आजको खेलमा दुवै टोलीको लक्ष्य उपाधि जित्नेछ । साबिकको विजेतासमेत रहेको एपीएफ आजको खेलमा सहज जित निकाल्दै उपाधि जित्ने  योजनामा छ । तर, बलियो प्रदेश १ विरुद्ध एपीएफलाई जित निकाल्न सहज भने छैन ।

    राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको प्रदेश १ पहिलोपटक उपाधि उचाल्ने योजनामा छ । समूह चरणका तीन खेल र सेमिफाइनलको खेलमा प्रदेश १ ले सहज जित निकालेको छ ।

    यता एपीएफ पनि आजको  खेलममा सहज जित निकाल्दै उपाधि रक्षा गर्ने योजनामा छ । साबिकको विजेताका हिसाबले पनि एपीएफलाई दबाब छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ