२०७७ माघ १५, बिहिबार | Thu, 28, Jan, 2021

अमेरिकामा २४ घण्टामा २ लाख ६० हजार संक्रमित थपिए : ४ हजारको मृत्यु

  • २०७७ पौष २३, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ । गएको २४ घण्टामा २ लाख ६० हजार संक्रमित थपिएसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड १८ लाख नाघेको वल्डोमिटरले जनाएको छ ।

    यस्तै ४ हजार बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६९ हजार नाघेको छ । अहिलेसम्म संक्रमित, मृत्यु र निको हुनेको दर अमेरिकामा सबैभन्दा धेरै छ ।

    अमेरिकामा अहिलेसम्म १ करोड ३० लाख निको भएका छन् । २४ घण्टामा विश्वभर ७ लाख ८० हजारभन्दा धेरै संक्रमित थपिँदा अमेरिकामा मात्रै २ लाख ६० हजारमा संक्रमण पुष्टि भएको हो ।

    अहिलेसम्म विश्वभर संक्रमितको संख्या ८ करोड ७६ लाख नाघेको वल्डोमिटरले जनाएको छ । यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९ हजार नाघेको छ । अहिलेसम्म विश्वभर ६ करोड ३१ लाख भने कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।

    अझैपनि २ करोड २६ लाख सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ८ हजारको अवस्था जटिल रहेपनि बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ । अमेरिकापछि  भारतमा धेरै संक्रमित छन् ।

    भारतमा अहिलेसम्म १ करोड ३ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ करोड १६ हजार निको भएका छन् भने १ लाख ५० हजारको मृत्यु भएको छ ।

    अझैपनि २ लाख २९ हजार सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९ सयको अवस्था जटिल भएपनि बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

    भारतपछि ब्राजिलमा ७ लाखमा कोरोना पुष्टि हुँदा ७० लाख ३६ हजार निको भएका छन् । १ लाख ९९ हजारको भने मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    नयाँ