भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु भएको छ।
उत्तर प्रदेशको बुलन्दसहरमा विषक्त रक्सी सेवनका कारण पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गाउँलेले प्रहरीको मिलेमतोमा विषक्त रक्सी बेचविखन हुँदै आएको आरोप लगाएका छन्। घटनापछि रक्सी बिक्री गर्नै कुलदीप फरार रहेका छन्।
उक्त घटनालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न निर्देशन दिइसकेका छन्। स्थानीय अधिकारीहरु उक्त क्षेत्रमा पुगी रक्सी सेवनका कारण बिरामी परेकाहरुको आवश्यक उपचार गर्न निर्देशन दिइसकेका छन्।
प्रहरीको लापरवाहीका कारण विषाक्त रक्सी बेचविखन भइरहेको पाइएपछि प्रहरी चौकीका इन्चार्ज दीक्षित कुमार त्यागी, सह इन्चार्ज अनोखी पुरी लगायत केहीलाई निलम्बित गरिएको छ। यसका साथै यस घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ।
प्रतिक्रिया दिनुहोस